सांसद रेशम चौधरीको आज भाग्य फैसला, टीकापुर घटनाको आज फैसला हुँदै


२२ फाल्गुन २०७५, बुधबार
tikapur

काठमाडौं, २२ फागुन । टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट शुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको थियो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।

tikapur

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए ।

त्यस्तै प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गरेका थिए । यो घटनका प्रमुुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत भएका थिए । चौधरी गत बर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यस्तै ३२ अभियुक्त अझै फरार रहेका छन् । चौधरीलार्ई केही महिनाअघि मात्रै संसद्मा सफथ गराइएको थियो । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७