कमरेडहरूबीच हेडक्वार्टरमै कुटाकुट

पत्नीसँग यसरी राखिन्छ प्रस्ताव ?


२२ फाल्गुन २०७५, बुधबार
1 6

काठमाडौं, २२ फागुन । एक वर्ष पुरानो झगडा बल्झिएर अखिल क्रान्तिकारी र युवा संघका नेताहरूमा टाउको दुखाइ शुरु भएको छ । पोहोर होलीताका फेसबुक म्यासेञ्जरमा अश्लील फोटो पठाउने विद्यार्थी नेताको टाउको अर्को होली आउन एक महिना बाँकी हुँदा फुटाइएपछि यस्तो स्थिति आएको हो ।

1 6

सिन्धुली घर भएकी अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिव गंगा दाहाललाई संगठनकै अर्का सचिव नारायण खनालले गत वर्ष पठाएको त्यस्तो फोटोका कारण शुरु भएको झगडा एक वर्षमा पनि मिलेन । पूर्वएमालेमा ‘ओली’ र माओवादीमा ‘दाहाल’ भएपछि अलिक फूर्तिफार्ती त हुने नै भयो । नारायणले त्यस्तो फोटो पठाएपछि गंगाले संगठनमा उजुर गरिन् । नारायणले जवाफ दिए, ‘पत्नीसँग च्याट हुँदा झुक्किएर गयो ।’
युद्धकालमा भएको भए श्रम शिविरमा पठाउने हुन्थ्यो । अहिले पार्टी सरकारी छ, त्यसैले आत्मालोचना गराउने निर्णय भयो । नारायणले लिखित माफी मागे । गंगाको दाबी थियो, महिलामाथि साँस्कृतिक हमला गर्नेलाई पार्टी र संगठनबाट निश्कासन गर्नुपर्छ ।

महाधिवेशनमा गंगा अहिलेका अध्यक्ष रञ्जित तामाङको समूहबाट र नारायण अनिल शर्माको प्यानलबाट चुनाव लडेका थिए । नारायणले त्यस्तो फोटो पठाएर संगठनको निर्देशनबमोजिम गल्ती स्वीकार गरिसकेको अवस्थामा थप कारवाही नहोस् भनेर जनार्दन शर्माहरूले अध्यक्ष रञ्जितलाई दबाब दिन थाले । गर्नचाहिँ नारायणले नहुने काम गरेकै हुन् । तर, एकचोटिलाई माफ दिएको भए केही बिग्रँदैनथ्यो भन्ने अखिल र पार्टीका नेताहरूको भनाइ रहँदै आयो । तर, आत्मालोचनाले मात्रै गंगाको चित्त बुझेन, उनका पतिले पनि हदैसम्म कारवाही हुनुपर्छ भनेका छन् । त्यसमाथि गंगाको पक्षमा वनमन्त्री शक्ति बस्नेत अचम्मैसँग लागेपछि विद्यार्थीहरूको एउटा टोलीले पत्नी सत्या पहाडीलाई गएर वास्तविकता सुनाएको र सत्याले कराएपछि उनी चूप लागेको बताइन्छ ।
नारायणले आत्मालोचना गरिसकेको, तर गंगाको चित्त नबुझेको घटना माघ दोस्रो साता कुटपिटमा परिणत भयो । गंगाको निर्देशनमा आक्रमण भएको नारायण पक्षको आरोप छ । गंगाचाहिँ आफूले कुट्न लगाएको प्रमाण दिए जस्तोसुकै सजायँ भोग्न तयार भएको बताउँछिन् ।
त्यसदिन नारायण पेरिसडाँडामा साथीहरूसँग घाम तापिरहेका थिए । काभ्रेको कुटपिटका अनेकन घटनामा नाम मुछिएका नीमा लामाको सालो पर्ने संग्राम लामा पुगे । नारायणले संग्रामलाई चिनेका थिएनन्, त्यसअघि देखेका पनि थिएनन् । नचिनेको मान्छेलाई हेरिराख्ने कुरै भएन । लगाइरहेको हेल्मेट खोलेर संग्रामले झ्यामझ्याम हिर्काउन थाले, आजको जनआस्था साप्ताहिकमा समाचार छ । वरिपरि बसेका साथीहरू नारायणलाई जोगाउन र संग्रामलाई समाउन सक्रिय भए । तर, नारायणको टाउको फुटाइसकेपछि संग्राम भागे । तर, त्यहाँ भएका अरु मान्छेले संग्रामलाई चिन्दा रहेछन् । अस्पतालमा उपचार गरेपछि नारायणले कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दा दिए । संग्रामलाई प्रहरीले समात्यो । संग्रामले बयानमा भनेका छन्, ‘नारायण र मेरो खुट्टा जुध्यो, उसले आँखा त¥यो, अब मलाई हान्छजस्तो लाग्यो । त्यसैले हेल्मेटले हानेर भागेँ ।’

अब उल्टै समस्यामा परिन्, गंगा दाहाल । कानुनकै नजरले पनि म्यादभित्र प्रहरीमा विद्युतीय कारोबारसम्बधी उजुरी गरेको भए उनी नै पीडित हुन्थिन् । तर, अब कुरा कसरी उल्टियो भने, पीडित बने नारायण, पीडक बनिन् गंगा । उनले लगाएर संग्रामले पिटेको प्रमाण त कतै छैन, तर सबैको बुझाई त्यही छ । अहिले पनि संग्राम तीनकुने प्रहरी बृत्तमा थुनिएका छन् । आजभोलिमै प्रहरीले अदालतमा पेश गर्ने भएको छ । यसबीच गंगा खानेपानी मन्त्री बीना मगरकहाँ गइन् । संग्रामले पोल खोल्ने डरले छिटो उनलाई छुटाउनुप¥यो भन्ने माग थियो । गंगा यो घटना पनि संगठनको जिम्मेवारीबाट निलम्बनमा परेकी छन् । तर, निलम्बनको हल्ला बाहिर नगर्ने सहमति छ ।

अनुशासन आयोगका संयोजक रामबहादुर बिकको संयोजकत्वमा छानबिन बन्यो, सात दिनको म्याद दिएर । तर, त्यसले सबै कुरा बुझेपछि प्रतिवेदन बुझाउन सकेको छैन । एकथरि नेता गंगाको पक्षमा, अर्काथरि नारायणको पक्षमा भएपछि स्वयं अध्यक्ष रञ्जित तामाङ पनि कुनै निर्णयमा पुग्न सकेका छैनन् । गंगाले संग्रामलाई छुटाउन आग्रह गरेपछि बीनाले वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई भेट्न भनिन् । दीपशीखाले पनि यो गञ्जागोलमा हात हाल्न चाहेनन् र अखिल अध्यक्ष रञ्जितलाई नै कुरा मिलाइदिन अनुरोध गरे । यही मामिलामा जोडिन पुगेका हुन्, एमाले युवा संघका अध्यक्ष रमेश पौडेल । रामेछापका कार्यकर्ता देव चौलागाईंले गंगा आफ्नो मिल्ने साथी भन्दै संग्रामलाई छुटाइदिन पहल गरिदिनुपर्ने उनको आग्रह थियो । एकताको मुखमा अर्को संगठनका साथीहरूलाई परेको मर्का बुझ्नुपर्छ भनेर रमेशले कुरा बुझे । सबै कुरा प्रष्ट भएपछि उनी पनि पन्छिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७