पोखरामा प्याराग्लाइडिङ बन्द नगरिने


२२ फाल्गुन २०७५, बुधबार
pyaragliding
फाइल फोटो

पोखरा, २२ फागुन । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ ।

pyaragliding

उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (नेफा) बीच भएको छलफलपश्चातको सहमतिका आधारमा व्यवसायी कर तिर्न सहमत भएका हुन् ।

महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापाका अनुसार समहतिसँगै आगामी एक हप्ताभित्र प्रत्येक कम्पनीले रु ८६ हजारका दरले कर तिर्ने भएका छन् । सहमतिअनुरुप, एक हप्ताभित्र उक्त शुल्क नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने उनले जानकारी दिए । पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले उडान गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७