यायोक्खाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन, अध्यक्षमा दिवस राई र महासचिवमा जनक राई


२२ फाल्गुन २०७५, बुधबार
Dhiwash rai and janak Rai

काठमाडौँ, २२ फागुन । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ ।

धरान ८ स्थित सभागृहमा गएराति सम्पन्न भएको १० औँ राष्ट्रिय महाधिवेशनबाट ८१ सदस्यीय कार्यसमिती सर्वसम्मतरुपमा चयन भएको नवनिर्वाचित केन्द्रीय सचिव अर्जुन जम्नेलीले जानकारी दिए ।

‘इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान, १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान’ भन्ने मूल नारासहित अधिवेशन शनिबार शुरु भएको थियो । भने महाधिवेशनमा देशविदेशबाट १ हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता भएकाे थिए ।

महाधिवेशनमा देशभरिका २६ जिल्ला कार्य समिति, २८ भाषिक, थरगत संस्था, ८ भातृ सङ्गठन, ८ सम्बन्ध संस्था तथा भारत, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, दक्षिण कोरिया, वेल्जियम, युरोप, कतार, मेलेसिया, दुबईलगायत १७ वटा विदेशका शाखाबाट प्रतिनिधि पर्यवेक्षकले सहभागिता जनाएका छन् ।

अध्यक्षमा दिवस राई र महासचिवमा जनक राई
अधिवेशनले दिवस राईलाई अध्यक्षमा र जनक राईलाई महासचिवमा चयन गरेको छ । अध्यक्ष राईले यसअघि पनि कार्यबाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसैगरी कार्यसमितिको ५ जना उपाध्यक्षमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई भए ।

यस्तै, दुई उप महासचिवमा भिम राई र शुभचन्द्र राई चयन भएका छन् । भने सचिवमा दोर्पध्वज राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई, मातृका राई र अर्जुन जम्नेली चयन भए ।

कोषाध्यक्ष पदमा देवान राई, सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई चयन भएका छन् भने सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा सर्वधन राई, युवराज राई , नविन राई, दिलिप राई, कमला राई, मन्जु राई, खड्ग पुमा राई, ईन्द्रमान राई, अन्जना राई, कपिल राई, प्रेम नाछिरिङ्ग राई, तारा राई, नगेश चन्द्र राई, अश्मिका राई, किवाङ हाङ राई , बिमल किराती राई, राकेश चाम्लिङ राई, अनिता राई, बिमला राई, सुनिल राई, बिर्सिका राई, राजकुमार राई, मिना कुमारी राई रन्जु, मनोज राई ,लिलम राज राई, रत्नादेवी राई र गणेशकुमार खालिङ राई रहेका छन् ।

यायोक्खाको कुल ८१ सदस्यीय कार्यसमिती भने भाषिक र भाृतसंस्थाहरुबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिले मनोनयन पछि मात्र पूर्णता पाउने सचिव जम्नेलीले बताए ।


१६ बुँदे धरान घोषणापत्र जारी
महाधिबेशनले १६ बुँदै धरान घोषणा पत्र जारी समेत गरेको छ । यायोख्खाका महासचिव जनक राई र अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित १६ बुद्धे घोषण पत्रमा १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्न प्रदेश सरकारसँग जोडदार माग गरिएको छ ।

उनीहरुले कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन नसके पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

१६ बुद्धे धरान घोषणा पत्रमा के छ ?
१) संघीय गणतन्त्र नेपालको १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गरियोस् भनी जोडदार माग गर्दछ । यदि कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन सकेन भने पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्र्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलनको गरिनेछ ।

२) किरात राई समुदायले किरात लिपि प्रयोगको लागि कार्यदल बनाएर चाँडै कार्यान्वयन गरिनेछ ।

३) विश्वभर छरिएर रहेका विभिन्न भाषिक÷थरगत किरात राईहरू संगठित हुन हार्दिक आव्हान गर्दछ ।

४) किरात राई समुदायको धार्मिक, सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, कुवी र तोकायाहरुको बृत्ति विकासको लागि अक्षयकोष स्थापना गरिनेछ ।

५) राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी किरात राईहरुको वास्तविक तथ्याङ्कलाई बाहिर ल्याउन र किरात राई समुदायको एकतालाई अझ मजवुद बनाउन भाषिक÷थरको पछाडि राई र धर्मको महलमा किरात, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषा लेख्ने÷लेखाउने अभियान संचालन गर्नेछ ।

६) प्रदेशको सम्पर्क भाषाको रूपमा किरात राई भाषाहरूमध्ये कमसेकम बान्तावा र चाम्लिङ भाषा र स्थानीय निकाय (नगरपाललिक, गाउँपालिका र वडा) हरूमा समेत अन्य किरात राई भाषाहरू सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गरियोस् ।

७) आदिवासी जनजातिको बाहुल्य बसोवास रहेको क्षेत्रहरूमा मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा र कम बाहुल्य क्षेत्रमा विषयको रूपमा पठन पाठन एवम् शिक्षक दरबन्दी सृजना गर्दै शिक्षक सेवामार्फत् पदपूर्ती गरियोस् । साथै पढाइ सुरु भएको विद्यालयहरुमा मातृभाषा शिक्षकको व्यवस्था गरियोस् भनी जोड्दार माग गर्दछ ।

८) संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबै खाले हस्तक्षेप र दमनको घोर भत्र्षणा गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

९) अनुमोदित अन्तर्रा्ष्ट्रिय अभिसन्धि क्ष्ीइ ज्ञटढ को पूर्ण कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

१०) किरात क्षेत्रका गढीहरु विजयपुर गढी, हतुवा गढी, साँगुरी गढी, चौदण्डी गढी, केपिलास गढी, चिना गढी, मौरे गढी, मझुवा गढी, चिसंकु गढी, मुक्ली गढी, तलुवा गढी, होलेसुङ गढी, बुढी मोरङ, ओगानेम गढीलगायतको संक्षण र संवर्दन गर्न सरकारको ध्यानाकर्षण गराउद छ ।

११) भोजपुरको हतुवागढीमा रहेको सेनाको व्यारेक र खोटाङको मझुवागढिमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइयोस् ।

१२) जननायक सहीद राम प्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ ।

१३) समुदायभित्रको धार्मिक व्यापारीहरुलाई निरुत्साहित गर्दै मुन्दुम (प्रकृतिक पुजक) संस्कारलाई संरक्षण, विकास र सम्बद्र्धन गरिनेछ ।

१४) किरात राई यायोक्खाको नयाँ भवन निर्माण गरी कार्यालय थप व्यवस्थिति गरिनेछ ।

१५) झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गरियोर ।

१६) किरात राई जातिको मौलिक लोकलय, मौलिक भेष भुषा, लोक कथा र परम्परागत ज्ञान शिपको संरक्षण सम्बर्दनको लागि विषेश अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७