ओप्पो ‘एफ११ प्रो’ भारतमा सार्वजनिक


२२ फाल्गुन २०७५, बुधबार
1551870828oppo pro

काठमाडौं, फागुन २२ । ओप्पोले नयाँ स्र्माट फोन ‘एफ११ प्रो’ भारतीय बजारमा सार्वजनिक गरेको छ।

1551870828oppo pro

कम्पनीले मुम्बईमा आयोजित एक समारोहबीच फोन सार्वजनिक गरेको हो। फोनमा भिओओसी नामक फास्ट चार्ज हुने प्रविधि जडान गरिएको छ भने ४८ मेगापिक्सल डुअल रियल क्यामरा रहेको छ।
फोनमा माइक्रो य्ुएसबी पोर्ट राखिएको छ। क्यामराको लागि सोनी आइएमएक्स सेन्सर राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फोनमा ट्रिपल ग्रेडिङ डिजाइनको प्रयोग गरिएको छ। साथै ६.५ इन्च पूmल एचडी प्लस डिस्प्ले, मिडिया टेक हेलियो पि ७० प्रोसेसर, ६जिवी र्याम, १२८ जिवी स्टोरेज, १६ मेगापिक्सल फ्रन्ट क्यामरा, एन्ड्रोइड ९ पाइ बेस्ट कलर्स ६.० सफ्टवेयर, ४ हजार एमएएच ब्याट्री रहेको छ।

यस स्मार्ट फोनमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट स्क्रिन रहेको कम्पनीको भनाइ छ।
फोन १५ मार्चबाट बिक्री गरिने छ भने ५ मार्चबाट प्रिबुकिङ गर्न खुल्ला गरिएको कम्पनीले जनाएको छ।फोनको बजार मूल्य २४ हजार ९ सय ९० रुपैयाँ(भारु) रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७