करिनाबारे रोचक तथ्य


१० आश्विन २०७४, मंगलवार
kareena kapoor Heroin

बलिउड अभिनेत्री करिना कपुर बिहीबारदेखि ३८ वर्षमा लागेकी छिन् । सन् १९८० सेप्टेम्बर २१ मा मुम्बईमा जन्मिएकी उनले सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट अभिनय यात्रा थालेकी हुन् । डेब्यु फिल्म फ्लप भएका कारण कतिपयले उनी अभिनयमा जम्न नसक्ने आकलन गरेका थिए । तर, उनको दोस्रो फिल्म ‘मुझे कुछ कहेना है’ हिट भयो । त्यसपछि उनी लगातार अभिनयमा सक्रिय छिन् । सन् २०१२ मा अभिनेता सैफअली खानसँग बिहे गरेकी करिना एक छोरा तैमुरकी आमा हुन् । करिनाबारे भारतीय अनलाइनले केही रोचक तथ्य तयार पारेका छन् :

kareena kapoor Heroin

-अभिनेता रणधीर कपुर र बबिता कपुरकी कान्छी छोरी करिनाको नाम लियो टोल्सटायको चर्चित किताब अन्ना केरेनिनाबाट प्रभावित छ । गर्भावस्थामा बबिताले सो किताब पढेकी थिइन् । पछि छोरी जन्मिइन् । त्यही किताबको नामबाट प्रभावित भई बबिता र रणधीरले ती बच्चीको नाम करिना राखेका हुन् ।

-करिना फिटनेसका मामलामा निकै सक्रिय छिन् । उनले एकपटकमा सूर्य नमस्कारको ५० सेट लगाउने बताइन्छ । त्यति मात्रै होइन, करिना योगको कुनै पनि आसनमा आधा मिनेट होल्ड हुन सक्छिन् ।

-करिनाले सन् २०१० देखि सात क्यारेटको हीराको औँठी लगाउन थालेकी हुन् । उनलाई एकजना ज्योतिषीले हीराको औँठी लगाउने सल्लाह दिएका थिए । आैँठी लगाएदेखि आफूलाई राम्रो भएको दाबी उनको छ ।

-तपाईंको सबैभन्दा खराब बानी के हो ? भनेर सोध्दा करिनाले आफ्नो नङ टोक्ने बानीबारे खुलासा गरेकी हुन् । करिना वेला–वेलामा नङ टोक्ने गर्छिन् । यो खराब बानी हो भन्ने थाहा हुँदाहुँदै पनि उनले त्यो बानी छाड्न सकेकी छैनन् ।

-करिना सन् २००४ देखि २००७ सम्म अभिनेता साहिद कपुरसँग प्रेममा रहिन् । उनीहरूको ‘जब वी मेट’ फिल्मका वेला ब्रेकअप भएको थियो।

-करिना पूर्ण रूपले शाकाहारी हुन् । पहिला उनी माछामासु सबै खान्थिन् । सन् २००६ मा प्रेमी साहिदले उनलाई शाकाहारी बन्न प्रेरित गरेका थिए । साहिदको प्रेरणाले करिना शाकाहारी बनेकी हुन् ।

-करिनालाई बुट कलेक्सनको सोख छ । जहाँ जाँदा पनि उनी आफूलाई राम्रो लागेको बुट किनिहाल्छिन् । उनीसँग सयाैँ जोर बुट छन् ।

-करिनाले सन् २००८ मा बलिउडमा जिरो फिगरको ट्रेन्ड ल्याएकी हुन् । त्यतिवेला उनले आफ्नो तौल ४८ किलोमा झारेकी थिइन् । उनको जिरो फिगर ‘टसन’ फिल्ममा देख्न पाइन्छ ।

-खासमा करिना ऋतिक रोशनका साथ ‘कहो ना प्यार है’ फिल्मबाट डेब्यु गर्दै थिइन् । तर, पछि उनको ठाउँमा अमिषा पटेललाई लिइयो । उनले लगत्तै अभिषेक बच्चनका साथ ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७