स्वतन्त्र मधेस गठबन्धन विघटन गर्दै सीके राउतले भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा रौं-रौंमा छ’


२४ फाल्गुन २०७५, शुक्रबार
ck raut government agreement VX01pSotdB

काठमाडौं, २४ फागुन । स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले आफूहरु बुद्धको सन्तान भएको बताएका छन् ।

ck raut government agreement VX01pSotdB

राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै उनले आजैको दिनदेखि स्वतन्त्र मधेस गठबन्धन समेत विघटन भएको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले आफूले शान्तिपूर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता सराहनीय रहेको बताए ।

उनले भने, ‘आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौं । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो । त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बढो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सबै जनताका लागि खुशीको कुरा हो ।’

‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ’, उनले थपे । २०६९ साल जेठ सात गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको स्मरण गर्दै उनले सुनाए, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नु भएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन ।’

यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले मञ्चबाट बताए । ‘हामी बुद्धका सन्तान हौ । अहिंसा हाम्रो रौं–रौंमा बसेको छ,’ उनले भने ।

हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि व्यवस्थापन र सफल बनाउन निकै कठिन हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई समेत आग्रह गरे । उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७