४२ सय मिटर उचाईबाट ‘पिकेदेम्वा म्याराथन’ हुने


२४ फाल्गुन २०७५, शुक्रबार
pikedemma ‘पिकेदेम्वा म्याराथन’ 2

ओखलढुङगा, २४ फागुन । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित ४२ सय मिटरको ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुङगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने भएको हो ।

म्याराथनमा ओखलढुङगा र सोलुखुम्बुको सिमानामा रहेको पिके डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए । पिकेडाँडाको ४२ सय मिटरबाट शुरु हुने म्याराथन २५ सय मीटरको खिजिदेम्वा बजारमा आएर टुङगिने छ ।

म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ५० बढी प्रख्यात धावकको सहभागी हुने आयोजकले जनायो । महिला र पुरुषलाई छुट्टा छुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ५० हजार सहित ट्रफी प्रमाणपत्रले सम्मान गर्ने छ । क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेलाई ४०, ३०, आठ, पाँच, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिने छ । खेलाडीलाई खान बस्नको व्यवस्था समेत आयोजकले गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरेको आयोजकको दावी छ । सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ ।

सरकारले घोषणा गरेको मुख्य सय गन्तव्य मध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो । प्रचुर सम्भावना भएको पिके क्षेत्र प्रचारप्रसारको अभावमा गुमनाम जस्तै रहेको भन्दै खिजीदेम्वा गाउँपालिका, नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) सहआयोजक बनेर पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई पुरा गर्न यो कार्यक्रमले सहयोग पु¥याउने भन्दै आउने दिनहरुमा धार्मिक, शाहसिक खेलकुद र आरोहणबाट थप पर्यटन प्रवद्र्धन हुने कार्यक्रम गर्नु खाँचो रहेको ओखलढुङगाका संघिय संसद यज्ञराज सुनुवारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७