चैत १५ गतेको लगानी सम्मेलनका लागि पाहुनाको बन्यो सूची, यी पाहुना आउँदै


२८ फाल्गुन २०७५, मंगलवार

काठमाडौं, २८ फागुन । देशमा आर्थिक लगानी भित्र्याउने उद्देश्यले आगामी चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनमा भाग लिने पाहुनाहरुको सूची तयार भएको छ ।

lagani board

लगानी सम्मेलनमा विश्व बैंक तथा एसियाली विकास बैंकका उपाध्यक्षका साथै भारत तथा चीनका लगानीकर्ता आउने भएका छन् । लगानी सम्मेलनका लागि निम्त्याएकामध्ये केहीको मात्र आउने–नआउने बिषय टुङ्ग्याउन बाँकी रहेको जनाइएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन् भने स्वागत भाषण अर्थभन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा म्यान्मारका लगानी तथा बाह्य आर्थिक सम्बन्ध मामिला मन्त्री यु थाङ टुन, फ्रान्सका मन्त्री जिन बाप्टिस्ट, विश्व बैंकका उपाध्यक्ष वारटिङ स्च्याफर, मेनहार्ट समूहका कार्यकारी अध्यक्ष साहजाद नसिम, मुत्थुत समूहका अध्यक्ष एमजी जर्ज मुथुत हुने छन् ।

पावर चाइनाका महाप्रबन्धक सोङ दोङसेन, माइक्रोसफ्ट एसिया प्यासिफिककी प्रबन्ध निर्देशक सोनिया बशिर कबिर, सुमिटोमोका महाप्रबन्धक मसाहिरो मियासिटो, एमेजोन इन्टरनेट सर्भिसका बिजिनेस प्रमुर्ख चन्द्र बलानी, सिल्भर हेरिटेज समूहका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर सहभागी हुनेछन् ।

यस्तै मकाउ युनिभर्सिटीका प्राध्यापक ग्लेन म्याक्यार्थे, कतार एयरवेजका नेपाल प्रमुख मोहम्मद अल इमाम, हुवासिन सिमेन्टका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी सु ग्याङ, वरुण वेभरजका संस्थापक अध्यक्ष रविकुमार जयपुरिया, सुर्य नेपालका प्रबन्ध निर्देशक अभिमन्यु पोद्दार सहभागी हुँदैछन् ।

यसैगरी चाइना रेलवे इन्टरनेशनल समूहका उपाध्यक्ष वाङ जिजेइ, विश्व बैंककै यातायात विज्ञ टोली प्रमुख अर्नब बेन्डीओपाध्याय, सिओडिएका महानिर्देशक एचइ झेनवोइ, सर्राफ समूहका महानिर्देशक सलाह सर्राफ, हिस्टर बायोसाइन्सका प्रमुख कार्यकारी राजीव गान्धी, नेस्ले इण्डियाका प्रमुख सञ्चार अधिकृत सन्जय खजुरिया पनि नेपाल आउँदैछन् ।

यस्तै एसियाली विकास बैंकका उपाध्यक्ष सिनजिन चेन, स्ट्यान्डर्ड चार्टर्ड बैंकका आसियान र दक्षिण एसियाका प्रमुख कार्यकारी निरुक्त सप्रु, युनिलिभर नेपालका प्रमुख आशिस राई, आइएफसीका ह्यान्स पिटर लेङ्स, फिचका एसिया प्रमुख स्टेफेन स्च्वार्ज, इन्भेष्ट इन्डियाका प्रमुख कार्यकारी दीपक वग्ला पनि सहभागी हुँदैछन् ।

यसैगरी मलेसिया इन्भेष्टमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसुप्रियामुर्ति सुन्दरा राज, युएइका अब्दुल्ला अल सल्ले, मिगाकी प्रमुख कार्यकारी केइको होन्डा, सिडिसी समूहका प्रबन्ध निर्देशक सृनी नागाराजन, एक्जिम बैंक इन्डियाका प्रमुख महाप्रबन्धक स्यामुएल जोसेफ, एआइआइबीका प्रमुख लगानी अधिकृत डिजे पान्डियन र गुवारान्टकोका क्षेत्रीय निर्देशक निशान्त कुमार नेपाल आउँदै छन् । उनीहरु वक्ता र लगानीकर्ता दुबै रुपमा नेपाल आउन लागेका हुन् ।

सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले अन्य केही लगानीकर्ताहरु पनि नेपाल आउन लागेको जानकारी दिएको छ । उनीहरुको नाम टुङ्गो लाग्न भने बाँकी छ ।

सम्मेलनमा उद्योग मन्त्री मातृका यादव, पूर्वाधार मन्त्री रघुविर महासेठ, राजश्व सचिव, उद्योग सचिव, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका अध्यक्षहरु पनि वक्ताका रुपमा निम्त्याइएको छ । सुजिब शाक्य, कनकमणि दिक्षित, सुरज बैद्य पनि वक्ता रहेको लगानी बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७