भद्रगोलको ‘पाँडे’ चरित्रप्रति पाँडे समाजको आपति, मिडिया हबलाई पत्र


२८ फाल्गुन २०७५, मंगलवार
Bhadragol

काठमाडौं, २८ फागुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलका एक प्रमुख पात्र हुन् ‘पाँडे’ लाई मन नपराउने दर्शक नहोलान् । तर, तिनै पाँडेको चरित्रका कारण पाँडे समाजलाई भने चित्त दुखाएका छन् ।

Bhadragol

श्रृंखलामा पाँडेलाई फटाहा र भँडुवाको चरित्रका रुपमा देखाइने गरिएको छ । उक्त चरित्रप्रति विरोध जनाउँदै हालै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र लेखेका छन् । पत्रमा पाँडे पात्रलाई कहिलेकाहीं अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पु¥याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

pande

भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाँडे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रको वोधार्थ नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।

यस विषयमा मिडिया हबका प्रमुख सोम धितालसँग प्रतिक्रिया माग्दा उनले कुनै थर विशेषलाई अपमान गर्ने कुनै मनसाय नभएको बताएका छन् । पाण्डे चरित्रले समाजभित्रको एउटा गलत प्रवृत्तिलाई उजागर गर्न मात्र खोजेको उनको भनाइ छ । उनले भने, ‘उहाँहरुको चित्त दुखेको छ भने हामी क्षमा चाहन्छौं । तर हाम्रो कुनै गलत मनसाय होइन । यो चरित्र दर्शकले रुचाउनु भएको छ र यसले निरन्तरता पाउँछ ।’

यस टेलिश्रृंखलाको निर्देशन हाँस्य कलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलले गरिरहेका छन् । पाँडेको भूमिमा अर्जुन घिमिरे देखिने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७