मेडिकल माफिया खुमा अर्याललाई कसको संरक्षण ?


२८ फाल्गुन २०७५, मंगलवार
gmcn copy

पोखरा, २८ फागुन । कास्की प्रहरीले खोजी गरेपछि गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याल भूमिगत भएका छन् । पोखराको गण्डकी मेडिकल कलेजका ५ सयभन्दा बढी विद्यार्थी बढी शुल्क लिएको बिरोधमा डेढ महिनादेखि आन्दोलनमा छन् ।

gmcn copy

कलेजले प्रत्येक विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम विनाभर्पाई असुलेको आरोप लगाउँदै शुल्क फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । चारबुँदे मागपत्रमध्ये मुख्य माग बढी रकम फिर्ता गर्नुपर्ने बुँदामा कलेज प्रशासनले चासो नदिएपछि पटक–पटक बसेको वार्ता समेत सफल भएको छैन । माघ १६ गतेदेखि बन्द कलेज अहिलेसम्म पनि यथावत छ । त्यसमाथि माग सुनुवाइ नगरेको आरोपमा विद्यार्थीले अस्पतालको ओपीडी सेवा समेत बन्द गरिदिए । कलेज र विद्यार्थीबीच पटक पटक औपचारिक अनौपचारिक वार्ता भए पनि कुनै पनि उपलब्धिमूलक हुन सकेन ।

khuma aryal
खुमा अर्याल

सरकारले तोकेको भन्दा बढी शुल्क लिने कलेजका संचालक खुमा अर्याललाई विद्यार्थीहरुको जाहेरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि उनी गायब भएका छन् ।
खुमा अर्यालले विद्यार्थी ठगी गर्दा चिकित्सा शिक्षा विधेयकका विरुद्धमा संसद नै अवरोध गरेको नेपाली कांग्रेस र डा. गोविन्द केसीलाई उकास्ने त्यसका युवानेता गगन थापा पनि चुपचाप छन् ।

खुमा अर्यालले प्रहरीको पक्राउ रोक्न उच्च अदालत पाटनमा वारेसमार्फत् निषेधाज्ञा रिट हालेपछि अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । उनले बढी शुल्क लिएका विद्यार्थीसँग वार्ता गरी उनीहरुको शुल्क फिर्ता गर्नेतर्फ कुनै चासो नदेखाएपछि प्रहरीले संचालक खुमा अर्याललाई पक्राउ गर्ने तहमा पुगेको हो । प्रहरीले पक्राउ गर्ने भएपछि उनी फरार भएका छन् । र, वारेसमार्फत् रिट हालेका छन् ।

विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिने कलेज संचालक खुमा अर्यालसहितका ८ जनालाई पक्राउ गर्न कास्कीका प्रहरी प्रमुख एसपी रानाले कुनै कसर बाँकी नराखिने प्रष्ट पारिसकेका छन् ।
विद्यार्थीहरुको जाहेरीका आधारमा मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दा चलाएको छ । तर अर्यालसहितका ८ जना फरार छन् ।

खुमा अर्याल मेडिकल कलेजमा ठूलो लगानी छ । उनले मेडिकल कलेजका क्षेत्रमा साम्राज्य नै कायम गरेका छन् । विद्यार्थीसँग सरकारले तोकेको भन्दा चर्को शुल्क लिएर ठगी गरी उनले करोडौं करोड रुपैयाँ आर्जन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७