‘गिरीशचन्द्र लाल’ प्रतिवेदन सार्वजनिक गर्न सभामुखको निर्देशन


२९ फाल्गुन २०७५, बुधबार
Krishnabahadur Mahara

काठमाडौं, २९ फागुन । सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।

Krishnabahadur Mahara

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पुर्‍याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न–गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

सभामुखले भने, ‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु ।’

सभामुखको निर्देशनपछि राजपाका सांसदले आ–आफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सञ्चालन भएको छ । प्रतिनिधिसभाको अघिल्लो बैठक राजपाको विरोधका कारण स्थगन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७