समायोजनको सकस, संघ नछाड्न यस्तोसम्म ‘लबिङ’


२९ फाल्गुन २०७५, बुधबार
KARMACHARI SAMAYOJAN Etz5qh09qq

काठमाडौं, २९ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा । झण्डै ७७ हजार कर्मचारीको समायोजन टुंग्याउन तल्लीन छन् त्यहाँका २३ कर्मचारी ।

karmachari samayojan pic 1

झोलाभरी प्रेसर, सुगरका औषधि बोक्छन् र खटिन्छन् महाशाखा प्रमुख केदार पनेरु । ५६ वर्षको उमेर । दबाब यति कि मन्त्री, नेता, सांसददेखि कलाकार, पत्रकारसम्म मेरा मान्छेलाई संघमा पारिदे भन्दै भेट्न आउँछन्, तारन्तार फोन गर्छन् । उद्योगमन्त्री मातृका यादवसँग भन्दै थिए, ‘केदार पनेरुको ठाउँमा म खटिएको भए पनि कर्मचारी समायोजन गर्न सक्दैनथें ।’

‘व्यक्तिका अनुहार हेर्न थालेको भए ५७ हजार निजामती कर्मचारीको समायोजन टुंगिने थिएन’, पनेरु थप्छन्, ‘ज्येष्ठताका आधारमा समायोजन हुन्छ, जे गर्छ सफ्टवेयरले गर्छ । पनेरुले कसैलाई चिन्दैन ।’ कर्मचारी नेताहरू संघ नछाड्न तीव्र लबिङमा थिए । उनीहरूको लबिङले समेत काम गरेन ।

हालसम्म भएको समायोजनमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल पोखरेल, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरे, युनियन (संघ) का उपाध्यक्ष उत्तम कटुवाल, उपमहासचिव यज्ञराज अर्याल, सचिव नवराज पाण्डेलगायत नेता संघमै समायोजन भएका छन् भने आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव टेकनाथ न्यौपाने स्थानीय तहमा गएका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७