आरजु राणाको ‘खास’ मान्छेको खप्पर नै ‘खतरनाक’


२९ फाल्गुन २०७५, बुधबार
nayapage

काठमाडौं, २९ फागुन । सक्नेले अवसरै अवसर, नसक्नेले अपमानै अपमान भोग्नुपर्ने देशमा यस्तै एक जना छन्, एकपछि अर्को गर्दै उही ठाउँमा अवसरको ताँती लगाउने ।

nayapage

आरजु राणाका खास भनेर चिनिने अम्बरराज खैरको कुरा हो यो । उनी संस्थानबाट कम्पनीमा परिणत भएपछि लगभग टाट पल्टिएर बल्ल उकासिन थालेको कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा सात वर्षदेखि अनवरत छन्, कहिले कामु, कहिले निमित्त कहिले कन्फर्मका नाममा । अचम्म कस्तो भने, संस्थाको हरिबिजोग छ, तर त्यसको प्रबन्ध सञ्चालक हुन फेरिएपिच्छेका मन्त्रीलाई रिझाएर त्यही पद पाएरै छाड्ने ।

उनी ०६९–७० मा निमित्त प्रबन्ध सञ्चालक, ०७०–७१ र ०७१–७२ मा कामु प्रबन्ध सञ्चालक, ०७२ देखि तीन वर्ष कन्फर्म प्रबन्ध सञ्चालक, हालः निमित्त प्रबन्ध सञ्चालक छन् । गाडी र विशिष्ट श्रेणीको सुविधा पाइने, राजनीतिक नियुक्ति हो यो । गजुरेल, चौधरी, पराजुली, यादव र खनाल– यी सबै थरका, सबै दलका मन्त्री रिझाए ।

मल घोटालामा पनि विवादमा आएका व्यक्ति हुन् । कमिसनका लागि मलको कृत्रिम अभाव उत्पन्न गराएको भनी अख्तियारले पटक–पटक चिठी काट्यो, तर शक्तिको आडमा जोगिँदै आएका छन् । कमिसनको लोभमा प्रतिष्पर्धा बिना सरकारद्वारा सरकारसँग खरिद गरिने (जीटुजी) सुविधाअन्तर्गत भारतसँग मल खरिद सम्झौता गरे पनि लामो समयसम्म प्रक्रिया अल्झाएर कृत्रिम अभाव उत्पन्न गराएको आरोप लागेको थियो ।

छिटो मल भित्र्याउने भन्दै भारतसँग महंगो मूल्यमा खरिद सम्झौता गरेका थिए । कृषि सामग्रीले विभिन्न बहानामा मल ल्याउन सात महिनासम्म लगाउने गरेको छ । कम्पनीलाई ग्लोबल टेण्डरभन्दा जीटुजीमार्फत राम्रो कमिसन आउने कारण नियतवश प्रक्रियालाई सात महिनासम्म लम्ब्याउने गरिएको बताइन्छ ।

किनभने, सात महिनापछि अन्तर्राष्ट्रिय बजारमा मलको भाउ ह्वात्तै बढ्छ । अनि सम्झौता मूल्यमा अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले उपलब्ध गराउन मान्दैनन् । त्यसपछि कमिसनको चलखेल गरी प्रतिष्पर्धा बिना नै जीटुजीमार्फत खरिद प्रक्रिया शुरु हुने खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७