समस्यामा समिमको संसार


२९ फाल्गुन २०७५, बुधबार
samim ansari v5wy6GA6vI

काठमाडौं, २९ फागुन । ‘चतुरेका अनेक दाऊ’ भनेझैं मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारी संसदीय सुनुवाइको म्याद गुज्रिने कारण स्वतः पदमा बहाली त हुने भए । तर, यिनलाई अदालतले राज्यलाई झुक्याएर सुविधा लिएको आरोपमा जेलै जानुपर्ने गरी खुरमुर्‍याउने खतरा बढेको छ ।

samim ansari v5wy6GA6vI

चुनावको मुखमा फोरमबाट नेकपामा प्रवेश गरेका उनका बाबुआमाले पर्साबाट नागरिकता लिएका छन् । तर, उनीचाहिँ काठमाडौंको ढोकाटोलमा जन्मिएको नागरिकतामा उल्लेख छ । काठमाडौंमै जन्मिएको भनिएको मान्छे फेरि पढ्नचाहिँ भारतको दरभंगा पुगेको सर्टिफिकेटले भन्छ । अनि, शैक्षिक प्रमाणपत्रमा एसएलसीको नामोनिशान छैन, तर आइए र बिएको भारतीय फस्र्ट डिभिजनवाला सर्टिफिकेट पेश भएको छ ।

संविधानले राजनीतिक दलको सदस्य भएको हुन नहुने भनी गरेको व्यवस्थाअनुसार जुन दिन संवैधानिक परिषद्ले सिफारिस गर्‍यो, त्यसदिन पनि उनी नेकपाको केन्द्रीय सदस्यमा छन्, जुन नाम निर्वाचन आयोगमा पनि बुझाइएको हुन्छ । सिफारिस भनेको पनि नियुक्ति नै हो । उनका नागरिकता दुईटा छन्, लिएको मिति फरक छ । यस्तो विवाद भए पनि उनी आयोग अध्यक्षका रुपमा बहाली हुनसक्छन्, यदि सर्वोच्चमा मुद्दा परेन भने ।

किनभने, संसदीय सुनुवाईमा नेकपाका ९ मा ९ भाइ नै उल्टिएर विपक्षमा भोट हाले पनि फोरमका राजेन्द्र श्रेष्ठ नआएसम्म उनको नियुक्ति बदर हुँदैन । बदर हुनलाई दुईतिहाइ चाहिन्छ । त्यसमाथि नेकपाका सांसद नै उनीबारे विभाजित अवस्थामा छन् । समितिका सभापति लक्ष्मणलाल कर्ण बराबर भएको अवस्थामा मात्रै मतदान गर्ने भन्छन् । यस्तो छिद्र पत्ता लगाएर उनले अपनाएको चतुरे दाउ त सफल हुन्छ नै । यही मामिला अदालतमा जाने पक्का छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७