तयार रहनुस्, १५ देखि २० हजार कर्मचारी भर्ना खुल्दैछ : मन्त्री पण्डित


३० फाल्गुन २०७५, बिहीबार
lalbabu

काठमाडौं, ३० फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको अभाव पूरा गर्न १५ देखि २० हजार कर्मचारी भर्नाको तयारी भइरहेको बताएका छन् ।

lalbabu

कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले चाँडै विज्ञापन खोल्ने उनको भनाई छ । उनले त्यसका लागि युवाहरुलाई तयार अवस्थामा रहन समेत आग्रह गरेका छन् । जनकपुर पुगेका मन्त्री पण्डितले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्मचारी समायोजनको काम अब १५ दिनभित्र सम्पन्न हुने जानकारी दिए ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री पण्डितले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला रहेको बताएका छन् । सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको भन्दै उनले मूलधारमा आउन ढोका खोलेको बताए ।

सिके राउतसंगको सम्झौतामा ‘जनअभिमत’ शब्दको आशय जनमत सङग्रह नभई निर्वाचन रहेको उनको भनाई छ । सिके राउत र उनका कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने मन्त्री पण्डितले चेतावनी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७