यी युवकले बनाए यसरी पेटलाई बनाए खुत्रुके, पेटभित्र ७२ वटा सिक्का


१९ मंसिर २०७४, मंगलवार
stomach

एजेन्सी: के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ रु सक्दो रहेछ त १ भारतमा एकजना व्यक्तिको पेटबाट ७२ वटा सिक्का फेला परेपछि यस्तो रहस्योद्घाटन भएको छ ।stomach

भारतको महाराष्ट्रस्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो । त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए । अस्पतालमा गएर डाक्टरहरुले उनको पेटको एक्सरे गरी जाँच गर्दा पेटभित्र असामान्य रुपमा धातुजन्य पदार्थहरु रहेको पत्ता लगाए ।

त्यसपछि उनको पेटको शल्यक्रिया गरी भित्रको त्यो कडा पदार्थ निकालियो । जब डाक्टरहरुले पेटभित्र रहेका कडा पदार्थहरु बाहिर निकाले, तब उनीहरु अचम्ममा परे । ती व्यक्तिको पेटभित्रबाट ७२ वटा सिक्का निकालिएको थियो ।

कृष्ण सोमलया साम्बर नामक ५० वर्षका ती व्यक्ति दुर्लभ रोग मेटलोफगियाबाट पिडित छन् । यो रोग लागेका मानिसहरुमा धातुजन्य पदार्थ खाने बानी हुन्छ ।यो एक प्रकारको मानसिक असन्तुलनको अवस्था हो । सोही कारण कृष्णले लामो समयदेखि सिक्का निल्ने गरेका थिए । जसका कारण उनको पेटभित्र ७२ वटा सिक्का जम्मा भएछन् ।

पछिल्लो २० वर्षदेखि उनी यो रोगबाट पीडित रहेको बताइएको छ । यसक्रममा उनले सुन, चाँदी तथा फलामका धेरै चिजहरु खाइसकेका छन् । स साना टुक्राहरु दिसासँगै बाहिर निस्केपछि ठूला सिक्काहरु उनको पेटभित्रै अड्किए ।

पेटमा ठूलो मात्रामा सिक्का जम्मा भएपछि उनलाई असह्य पीडा हुन लाग्यो र अन्ततः डाक्टरकोमा उपचारका लागि पुगे ।डाक्टरहरुले झण्डै ४ घण्टाको शल्यक्रियाबाट उनको पेटमा रहेका ७२ वटा सिक्का निकाल्न सफल भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७