उद्धारमा ढिलाइ, तीन दिनदेखि ‘तडपिरहेकी’ आमाको ज्यान बच्यो, शिशुको मृत्यु


३० फाल्गुन २०७५, बिहीबार

हुम्ला, ३० फागुन । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ ।

sutkeri 1

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भए पनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन् ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हात मात्र बाहिर निस्किए पनि उनले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुर्‍याएका थिए ।

तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भए पनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताइन् । हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७