सार्वजनिक यातायातका चालक र परिचालकलाई ग्लोबल आइएमई बैंकद्वारा पोशाक वितरण


३० फाल्गुन २०७५, बिहीबार
globalime Bank

काठमाडौं,फागुन ३० । ग्लोबल आइएमई बैंक लिमिटेडले सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई ५०० थान पोशाक वितरण गरेको छ ।

globalime Bank

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको हो ।

प्रदेश नं। १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्नरगराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवं ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका लागि विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरुस बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७