अब राहदानी विभाग बिहान ९ बजेदेखि नै खुल्ने


३० फाल्गुन २०७५, बिहीबार
consular

काठमाण्डौ, ३० फागुन । राहदानी विभागले कार्यलय समय परिवर्तन गर्ने भएको छ ।

consular

शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७