ओलिभरको ह्याट्रिकमा चेल्सी क्वार्टरफाइनल प्रवेश


१ चैत्र २०७५, शुक्रबार
sp

काठमाडौं, १ चैत । यूईएफए युरोपा लिगमा चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा डाइनामो किभलाई ५–० ले हराउँदे समग्रमा आठ शून्यको जितका साथ क्वार्टरफाइनलमा स्थान बनायो ।

sp

पहिलो लेगमा तीन शुन्यको जित निकालेको चेल्सीलाई दोस्रो लेगमा प्रभावशाली जित दिलाउन ओलिभर जिरुडले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा पहिलो गोल गरेका जिरुडले ३३ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्कोस अलान्सोको गोलमार्फत चेल्सीले तीन शून्यको अग्रता बनायो ।

sp1

त्यसपछि ५९ औं मिनेटमा जिरुडले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई चार शून्यले अगाडी राखे । ७८ औं मिनेटमा हुडसोन ओडोइले टिमका लागि पाँचौ गोल गरे ।

जितपछि चेल्सीका प्रशिक्षक माउरीजियो सारीले क्वार्टरफाइनलमा आफ्नो टिम नापोलीसँग खेल्न इच्छुक नभएको बताए । सारीको पूर्व क्लव नापोली बाहेक जुनसुकै क्लवसँग खेल्न टिम तयार रहेको उनको धारणा थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७