सरकारको नीति विपरीत मन्त्रीको विदेशमोहः कृषि मन्त्रालयको जम्बो टोली चीन भ्रमणमा


१ चैत्र २०७५, शुक्रबार
ram kumari chaudhari 2

काठमाडौं, १ चैत । सरकारले सुशासन कायम गर्नका लागि अनावश्यक विदेश भ्रमण नियन्त्रण गर्ने नीति ल्यायो । तर त्यो सरकारी नीतिलाई मन्त्रीहरुले नै उल्लंघन गर्दै आएका छन् । त्यसको ज्वलन्त उदाहरण कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल र राज्यमन्त्री रामकुमारी चौधरीले देखाएका छन् ।

ram kumari chaudhari 2

चक्रपाणि खनाल र रामकुमारी चौधरी

राज्यमन्त्री चौधरीले श्रीमान सन्तोष थारु, सहसचिव योगेन्द्रकुमार कार्कीसहितको टोली लिएर इटलीको रोमबाट केही दिनअघि फर्किएकी हुन् । उनी फर्किएको १५ दिन नबित्दै कृषि मन्त्री चक्रपाणि खनालसहितको २० सदस्यीय मन्त्रालयको जम्बो टोली चिया तथा कफी विकास बोर्डको खर्चमा भोलि शनिबार चीन जाने तयारीमा छन् । त्यसमा मन्त्रिसहित १० जना मन्त्रालयका कर्मचारी र चिया तथा कफी विकास बोर्डका प्रतिनिधि छन् । १० जना गुल्मीको नेकपा (विशेष गरी पूर्वमाओवादी) नेता छन् ।

कृषि मन्त्रालयका सहसचिवको टोली भ्रमणमा चीनको सिचुवान प्रान्तको इटिन नगरपालिकामा चियाको अध्ययनका लागि जान लागेको बताइएको छ । भ्रमणमा गुल्मी नेकपाका प्रस्तावित सचिव बुद्धि जीसी र अर्का नेता मधुकृष्ण पन्थी पनि छन् ।

सरकारले अनावश्यक विदेश भ्रमण नगर्ने नीति ल्याउँछ, तर मन्त्रीले नै त्यसको कार्यान्वयन गर्दैनन् भन्ने यो ज्वलन्त उदाहरण हो । कृषि मन्त्री खनाल र राज्यमन्त्री चौधरीले पदबहाली गरेपछि नै विदेश भ्रमणलाई बढी प्राथमिकता दिएको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७