सेलिब्रेटी खसी गेरीको मृत्यु, ३० हजारभन्दा बढीले शोक व्यक्त


१९ मंसिर २०७४, मंगलवार
goat

एजेन्सी: अष्ट्रेलिया सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि गेरी नाम रही सेलिब्रेटी बनेको एक खसीको निधन हुँदा सामाजिक सञ्जालमा खसीसँग जोडिएका र उसको अभिनयबाट प्रभावित लाखौं मानिस दुःखित भएका छन् ।goat

उक्त खशी गेरीले सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चोरेपछि जरिवाना सुनाइएको थियो । खसीलाई जरिवाना भएपछि सिड्नीवासीले उसको जरिवाना तिर्न चन्दा संकलन गरेका थिए ।

स्ट्यान्डअप कमेडीयन जिम्बोले सँग गेरीले एक कार्टुन इमु बियरसँग साटेर ल्याएको गेरीसँगको यात्राका भिडियो शेयर गरेपछी उक्त भिडियो धेरैले रुचाए । फेसबुकमा गेरीको आफ्नै पेज छ, जसका फलोअर्सहरूको संख्या १७ लाखभन्दा बढी छ ।गेरीको मृत्यु भएको खबर उनको पेजमा पोस्ट गर्दा पहिले धेरैले पत्याएनन् भने त्यसमा ३० हजारभन्दा बढीले शोक व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७