भारतीय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध चयन हुने निश्चित


१९ मंसिर २०७४, मंगलवार
rahul gandi

एएफपी: नयाँ दिल्ली भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।rahul gandi

उक्त पदमा उम्मेदवारी दिने उनी मात्र हुन् । जसका कारण राहुल गान्धी नै उक्त पदमा निर्विरोध चयन हुने निश्चित भएको छ । सोनिया गान्धी भारतीय कांग्रेसको अध्यक्ष हुन् । सोनियाले १९ बर्षदेखि कांग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेका हुन् ।यस अघि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन् ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनी बाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई उक्त पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७