ललितपुरबाट विप्लव नेकपाका पोलिटब्यूरो सदस्य ‘जीवन्त’ पक्राउ


२ चैत्र २०७५, शनिबार
Jiwanta

काठमाठौं, २ चैत । प्रहरीले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक पोलिटब्यूरो सदस्यलाई ललितपुरबाट पक्राउ गरेको छ ।

Jiwanta

विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका हुन् । जीवन्त शुक्रबार राति ललितपुरबाट पक्राउ परेको स्रोतले जनाएको छ । तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन ।

उनी यसअघि पनि पक्राउ परेका थिए । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालय अगाडि केही समयअघि विप्लव समूहले बम विष्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए ।

यसपछि पनि उक्त समूहले मुलुकका विभिन्न स्थानमा बम विष्फोटलगायतका गतिविधि गर्दै आएको छ । अहिले सरकारले विप्लव माओवादीका कार्यकर्तामाथि निगरानी बढाइरहेको छ । सरकारले हतियारसहित विप्लव कार्यकर्ता देखिए गोली हान्न समेत सुरक्षाकर्मीलाई आदेश दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७