बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता


२ चैत्र २०७५, शनिबार
nepal women football team

विराटनगर,२ चैत। आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ ।

nepal women football team

समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ । दुवै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ३-० को सहज जित निकालेको छ ।

नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् । यसअघि सावित्रा भण्डारी वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकेकी थिइनन् । २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७