माउन्टेन बाइक क्रस कन्ट्रिमा राजिब राई र लक्ष्मी मगर च्याम्पियन


२ चैत्र २०७५, शनिबार
1 8

काठमाडौं,२ चैत्र । १७ औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन्।

नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन्। कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ च्याम्पियनको प्राविधिक संयोजक देवेन्द्र बस्न्यातले जानकारी दिए।

महिलातर्फ च्याम्पियन लक्ष्मी सोही दूरी पूरा गर्न १ घन्टा ४५ मिनेट ४९ सेकेन्ड समय लगाए। कुल २६ खेलाडी सहभागी पुरुषतर्फ प्रताप थापा १ घण्टा ३१ मिनेट ३९ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो स्थानका सीमित ओकेश बज्रचार्यले १ घण्टा ३४ समय ०३ सेकेन्ड समय लगाए।

महिलातर्फ भने सोनी गुरुङ र हुमी बुढामगरले क्रमशः दोस्रो र तेस्रो भए। सोनीले १ घन्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घन्टा ११ मिनेट २२ सेकेन्ड समय लगाइन्।

दोस्रो दिन भएको थप दुई विधा जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन भए। चार ल्यापको १६ किलोमिटर दूरी दीपकले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गर्दै सफलता प्राप्त गरे। सोही दूरीको मास्टर्समा भने पहिलो भएका हर्कले १ घन्टा ७ मिनेट ३५ सेकेन्ड समय लगाए।

त्यस्तै जुनियर पुरुषमा दोस्रोका भएका सन्तोष गुरुङ १ घन्टा २२ मिनेट २० सेकेन्ड र तेस्रो स्थानमा सीमित अच्युतकृष्ण खरेल १ घन्टा २५ मिनेट ४० सेकेन्ड समयमा चार ल्यापको १६ किलोमिटर दूरी पूरा गरे। सोही दूरीकै मास्टर्समा किरणले मल्ल १ घन्टा ९ मिनेट १ सेकेन्डमा दोस्रो स्थानमा प्राप्त गर्न सफल भएका थिए।

तेस्रो स्थानमा प्राप्त गरेका आइतासिँह तामाङले १ घन्टा १४ मिनेट १५ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए। दूईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा डाउनहिल र क्रस कन्ट्री विधा भएका थिए।

यसअघि पहिलो दिनको डाउनहिलमा पुरुषमा सुमन तामाङ, महिला निस्मा श्रेष्ठ र जुनियरमा निरज श्रेष्ठ पहिलो भएका थिए।

प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री अम्बिका बस्नेत र संघका अध्यक्ष गोपाल शुन्दरलाल कक्षपतिले पुरस्कृत गरेका थिए। प्रतियोगितामा कुल ५१ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७