मार्सल आर्ट टोली इरान प्रस्थान
काठमाडौं: दोश्रो एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार इरान प्रस्थान गरेका छन् ।
प्रतियोगिता मंसिर २१ देखि २४ गतेसम्म हुनेछ । खेलाडीहरुमा बद्री थापा, वीरमान लामा र शंकर भुजेल छन् । टोली प्रमुखमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन रहेका छन् ।