पत्नीको उपचार गर्न प्रचण्ड आज अमेरिका जाँदै, सिङ्गापुरको उपचारले सुध्रेन सीताको स्वास्थ्य


३ चैत्र २०७५, आईतवार
prachand sita dahal

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि आज अमेरिका जाँदैछन् ।

prachand sita dahal
फाइल फोटो

पत्नी सीता दाहालको उपचारका लागि उनी आज (आइतबार) साँझ अमेरिका जान लागेका हुन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाईं जीवन आचार्य पनि अमेरिका जार्दैछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए । सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिङ्गापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् । उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सञ्जालमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७