ताप्लेजुङको फुङलिङमा प्रभु बैंकको नयाँ शाखा


४ चैत्र २०७५, सोमबार
DSC 0230 WnjPKjUqCV

काठमाडौं,चैत ४ । प्रभु बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

DSC 0230 WnjPKjUqCV

शाखा कार्यालयको फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरे । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

उनले अब फुङलिङ नगरपालिकाबासीहरुलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सहि सदुपयोग गर्न आव्हान पनि गरे ।

आजदेखि सञ्चालनमा आएको शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र फुङलिङ नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७