२५ करोड बाँड्ने त्रिवि पदाधिकारीको तयारी


४ चैत्र २०७५, सोमबार

काठमाडौं,चैत ४ । विश्वविद्यालय अुनदान आयोग आफैले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड बाँड्ने निर्यण गरेको बुझिएको छ । जसमा त्रिविअन्तर्गतका २४ वटा र सूदुरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक एक वटा क्याम्पस छन् ।

TU IjwHnAxDRB

बिएससी र एमएससी कक्षा सञ्चालन गरिहेको आंगिक क्याम्पसको अवस्था अध्ययन प्रतिवेदन २०७५ ले न्युन विद्यार्थी संख्या भएका र भौतिक पूर्वाधारसमेत नपुगेका चार आंगिक क्याम्पसलाई ‘साइन्स ल्याब’को रकम नदिन सिफारिस गरे पनि दुई क्याम्पसलाई आयोगले रकम छुट्याएको पाइएको छ । यो समाचार रुबी रौनियारले नागरिकमा लेखेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७