मुख्यमन्त्रीको निधन


४ चैत्र २०७५, सोमबार
parrikar Yp6gEAThNI

काठमाडौं, ४ चैत । भारतीय जनता पार्टीका नेता तथा गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ । अग्नाशय क्यानसरका पीडित पर्रिकरको आफ्नै निवासमा आइतबार निधन भएको हो ।

parrikar Yp6gEAThNI

राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै पर्रिकरको निधन भएको जानकारी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पर्रिकर गोवाका आधुनिक नेता र उनको फैसलाले भारतीय रक्षा क्षमता बढाउन मद्दत पुगेको भनी उल्लेख गरेका छन् ।

सोमबार दिउँसो ११ बजे मुख्यमन्त्री पर्रिकरलाई केन्द्रीय मन्त्रीस्तरीय बैठकमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । केन्द्र सरकारले पनि पर्रिकरको निधनलाई लिएर सोमबार राष्ट्रिय शोकको घोषणा गरेको छ । विभिन्न राजनीतिज्ञदेखि लिएर कलाकारहरुले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पर्रिकरले सन् २०१४ देखि २०१७ सम्म रक्षामन्त्रीको पद सम्हालेका थिए । उनकै कार्यकालमा भारतीय सेनाले पीओके (पाकिस्तानले काश्मिरमा कब्जा गरेको क्षेत्र)मा सर्जिकल स्ट्राइक गरेको थियो । उनी रक्षामन्त्री रहँदा नै ‘वान रेंक वन पेन्शन’ स्कीम पनि लागू भएको थियो । उनी ४ पटकसम्म मुख्यमन्त्री भइसकेका छन् ।

पर्रिकरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भाजपाको पार्टी कार्यालयमा राखिने छ । कम्पालको एसएजी मैदानमा साँझ ५ बजे पर्रिकरको अन्तिम संस्कार हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७