वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह


४ चैत्र २०७५, सोमबार
biplaw

काठमाडौं, ४ चैत । विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् ।

biplaw

गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको (नेकपा) को पछिल्लो पटकका गतिविधिले जनतामा त्रास फैलाएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन् ।

‘हालै सरकारले प्रतिबन्ध गर्ने र विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने खालका निर्णय र घोषणाले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशङ्का बढेका छन् र यसले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको छ, यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन पनि हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यानको अध्यक्षमा खतिवडा निर्वाचित

युथ एड्भोकेसी नेपाल (यान) को अध्यक्षमा नरेन खतिवडा निर्वाचित भएका छन् । आइतबार सम्पन्न यानको चौथो साधारणसभा तथा तेस्रो महाधिवेशनले अध्यक्ष खतिवडासहित सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी महासचिवमा गीता चौधरी, सचिवमा नारायण कडेरिया, कोषाध्यक्षमा गणेश थामी, सदस्यहरूमा रमा भट्टराई, ओम रम्तेल र विनय कार्की निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष खतिवडाले कुल जनसंख्याको ४०.३५ प्रतिशत युवाहरूको हक, हितको संरक्षण र समस्याका बारेमा यान अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यानले मुलुकमा व्याप्त बलात्कार, महिला हिंसा, भ्रष्टाचार अन्य गर्नुपर्ने माग गर्दै युवाहरुलाई रोजगारीको सुनिश्चित गरिनुपर्ने समेत माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७