हिरासतमै विप्लव कार्यकर्ताको आमरण अनसन


४ चैत्र २०७५, सोमबार
biplaw 1

प्युठान, ४ चैत । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको गतिविधिमा निगरानी बढिरहेका बेला प्यूठानमा विप्लव समूहका एक कार्यकर्ताले हिरासतभित्रै आमरण थालेका छन् ।

biplaw 1

कारागारले ‘आस्थाका बन्दी’ को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् । पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो ।

उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा–नहुँदै पनि आफूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको आरोप लगाएका छन् । ‘आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा छु’, उनले भने ।

हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहार समेत नभएको उनको गुनासो छ । तर, प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरेका छन् । हिरासतका अन्य कैदी सरह नै उनीहरुलाई सेवा–सुविधा दिएको बुढाथोकी बताउँछन् ।

नेपाली सेनाबाट सेवा निवृत्त स्याङ्जा स्थायी घर भई हाल प्यूठानको जस्पुरमा होटल व्यवसाय गर्दै आएका नवीन डुम्रेलाई पनि प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७