भरुवा बन्दुक र गाँजासहित पाँच पक्राउ


४ चैत्र २०७५, सोमबार
bharuwa

मकवानपुर, ४ चैत । भरुवा बन्दुक र गाँसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुरक्षाजाँचका क्रममा राक्सिराङ गाउँपालिका–७ का २० वर्षीया सर्गलाल प्रजाको घरबाट लागूऔषध गाँजा ७८ किलो गाँजासहित एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

bharuwa

उनको घरबाट प्रहरीले सानो व्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, एक सय एमएलको आल्मुनियम बोतलमा बारुद्ध तथा एकथान रोल पटका बरामद गरेको थियो ।

यस्तै सोही स्थानका ४५ वर्षीया चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ किलो गाँजा र एकथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरीले आइतबार साँझ ४५किलो गाँजासहित थप तीन जनालाई पक्राउ गरेको छ ।

डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा हेटौंडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार रहेका छन् ।

प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ स्थित रातोमाटेमा नियमित सुरक्षाजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्किभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७