‘प्रजातन्त्रवादी भनिने साथीहरु सुशीला कार्कीमाथि महाभियोग लाग्दा कहाँ थिए ?’


४ चैत्र २०७५, सोमबार
Surendra bahadur Thapa 1 1

काठमाडौं, ४ चैत । नेपाल बार एशोसिएशनको कानूून व्यवसायीहरुको साझा र छाता संगठन हो । २०१३ साल पुस २७ गते स्थापना भएको नेपाल बार एशोसिएशन नेपालको एउटा बलियो पेशागत संगठन हो । खासगरी यसले परिर्वतनका आन्दोलनहरुमा खेलेको भूमिकाको प्रशंसा गरिन्छ । तर, न्यायलयमा विद्यमान विकृति र भ्रष्टचार भित्राउनमा भने यसमा आबद्धहरुको भूमिका रहेको भनेर आलोचना पनि उत्तिकै गरिन्छ ।

अहिले समय फेरिएको छ । संबिधानसभाले बनाएको संबिधान लागुभएसँगै हाम्रो संरचना र प्रणाली फेरिएका छन् । संघीयता कार्यान्वयनको प्रक्रियामा छन् । ऐन, नीति र निर्देशिकाहरु बन्नेक्रमा छन् । यही अवस्थामा कानुन क्षेत्रमा बलियो प्रभाव र गहिरो चासो राख्ने संस्था नेपाल बार एशोसिएशनको निर्वाचन हुदैछ । २०७५ साल चैत्र १६ गते शनिवारका नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमिति (पच्चिसौँं) को निर्वाचन प्रयोजनका लागि मतदान हुदैछ । वकिलहरु अहिले निर्वाचनको दौडधुपमा छन् । यो निर्वाचनमा प्रगतिशिल र प्रजातन्त्रिक गरी दुई समुह प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १० हजार ३ सय १३ जना वकिलहरुले मतदान गर्नेछन् ।

यी मध्ये ‘प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवयासी समूह’को नेतृत्व वरिष्ठ अधिवक्त्ता चण्डेश्वर श्रेष्ठले गरेका छन् । श्रेष्ठ समुहबाट महासचिवका उम्मेवार छन् अभिवक्क्ता सुरेन्द्रबहादुर थापा ।

अर्जुन दृष्टि : सक्षम वकिल, भ्रष्टचारमुक्त न्यापालिका
२०४६ साल यता नेपालको कानुन क्षेत्रको नीति निर्माणदेखि सांगठानिक अभियानमा निरन्तर क्रियाशिल थापा निष्ठावान र सरल अगुवा मानिन्छन् । बारको सांगठानिक कामदेखि कानुनसँग सम्बन्धित नीति निर्माणमा उनको हस्तक्षेपकारी भुमिका देखिन्छ । बार र कानुन क्षेत्रको लागि उनीसँग अनेकौ योजना र प्रस्ताव छ । कानून व्यवसायीको पेशागत दक्षता अभिवृद्धि, कानुन व्यवसाय क्षेत्रको विस्तार, बारको संस्थागत सुधार, कानून व्यवसायीहरुको सामाजिक सुरक्षा, कानुन शिक्षा, महिला कानून व्यवसायीहरुको क्षमता बिकास आदिका बिषयमा उनको समुहले ठोस योजना अघि सारेको छ ।

फेरिएको समय अनुसार नेपाल बार एशोसिएशनलाई लैजानुु पर्ने उनको धारणा छ । न्यायपालिकालाई निष्पक्ष, भ्रष्टचारमुक्त र सक्षम बनाउनका निम्ती बार व्यवसायिक र बलियो हुनुपर्ने थापा बताउँछन् । बारको इतिहास आफैमा गौरवमय भएपनि यसअघिको कार्यसमितिले त्यो गरिमालाई बचाउँन नसकेको उनको दाबी छ । भन्छन्, ‘निवर्तमान कार्य समितिले बारको गरिमामय इतिहासलाई कायम राख्न सकेन, नेपालका कानुन व्यवसायीहरुको शिरलाई उचो बनाउन सकेन ।’ यसअघि बारमा नेपाली कांग्रेस निकट वकिलहरुको नेतृत्व थियो ।

पछिल्लो समयमा कानुन व्यवसायीहरुले बारलाई अदालत छिर्ने माध्यम बनाएका छन् । कानुन व्यवसायीहरुको पेशागत हकहितभन्दा पनि बारलाई प्रयोग गरेर न्यायधीय बन्ने अथवा न्यायधीलाई प्रभावमा राखेर आफ्नो काम गर्ने माध्यम बनाएका छन् । यो समस्या अहिलेको चुनौती भएको थापा बताउँछन् । उनले भने, ‘म जति काम गर्छु, कानुन व्यवसायीहरुको पेशागत हकहित र स्वतन्त्र न्यायपालिकाको पक्षमा गर्नेछु । मेरो सपना अदालत होइन मात्रै बार हो ।’

हेर्नुहोस् थापासँगको कुराकानी भिडियोमा :

‘सुशीला कार्कीमाथि महाभियोग कहाँ लाग्दा थिए ?’
निर्वाचनमा प्रजातान्त्रिक समुहले लोकतन्त्रको रक्षाको मुद्दा उठाएर प्रचारमा छन् । तर, थापा लोकतन्त्रको मुद्दा मुद्दा नै नभएको बताउँछन् । भन्छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधान बनेको छ, हामी सबै त्यही अन्तरगत छौं । त्यही संबिधानको रक्षा आजको हाम्रो कर्तव्य र दायित्व हो । त्यसकै निम्ती लडिरहेकाहरुबाट लोकतन्त्रलाई खतरा छ भन्नु कुनै तुक छैन ।’

यसअघिको नेतृत्वले सबैधानिक सर्वोच्चता र भ्रष्टचारमुक्त अदालत स्थापनामा कुनै योगदान नगरेको उनको भनाई छ । सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लाग्दा मुकदर्शक बन्नेहरुलाई लोकतान्त्रिक अथवा प्रजातान्त्रिक हुन नसक्ने उनको जिकिर छ । भन्छन्, ‘विना कुनै ठोस कारण सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लाग्दा साथीहरु कहाँ थिए ? उहाँहरु मौन मात्रै बस्नु भएन पक्ष वा विपक्षमा नबोल्नु भनेर निषेधाज्ञा जारी गर्नुभयो । दुनियाँमा कहाँ त्यस्तो बार छ, जुन बार प्रधानन्यायाधीमाथि महाअभियोग लाग्दा नबोलोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७