९ मिनेटमा ६ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड कायम, ४ छोरा, २ छोरी


५ चैत्र २०७५, मंगलवार
the sun2019 03 19

काठमाडौं, ५ चैत । अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चालाई ९ मिनेटको बीचमा जन्म दिएर नयाँ रेकर्ड राखेकी छन् । थेल्मा चियाका नामकी ती महिलाले गएको शुक्रबार ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ ।

the sun2019 03 19

बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा उनले जन्म दिएकी हुन् । सो कुरा वुमन्स हस्पिटल टेक्सासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । उनले सोही अस्पतालमा बच्चाहरुलाई जन्म दिएकी थिइन् ।

बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ । सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ ।

याहुका अनुसार यसप्रकारको अवस्था ४ दशमलब ७ बिलियनमा १ जनालाई हुने गरेको छ । चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७