बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई विवेकशील साझाको आग्रह


५ चैत्र २०७५, मंगलवार
bibekshil sajha party

काठमाडौं, ५ चैत । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौं लाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

bibekshil sajha party

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थ जस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कार्वाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

‘तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानूनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७