भक्तपुरमा नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेला


५ चैत्र २०७५, मंगलवार
mela 1

भक्तपुर, ५ चैत । नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको हो ।

mela 1

आयोजक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले मेला आगामी चैत २१ गतेदेखि वैशाख २ गतेसम्म हुने जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा मेला आयोजना गर्न लागेको उनले बताए । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा सञ्चालन गरिने मेलामा २०० भन्दा बढी कक्ष रहनेछ ।

मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहनेछ । मेला संयोजक दीपक थापाले यस वर्ष मेलामा खुला भलिबल प्रतियोगिता समेत सञ्चालन गरिने बताए ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । करीब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा रु १० करोडदेखि रु १२ करोडको कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७