पाठेघरको विरामीलाई डाक्टरले दिए झाडापखाला र ग्यास्ट्रिकको औषधि


५ चैत्र २०७५, मंगलवार
shankarapur V2I0l6QcUQ

काठमाडौं, ५ चैत । काठमाडौंको शंखरापुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एउटा समस्या भएका विरामीलाई अर्कै रोगको औषधि दिइएको खुलासा भएको छ ।

shankarapur V2I0l6QcUQ

शंखरापुर नगरपालिकाले सोमबार वडा नम्बर १ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सोही वडाकी स्थानीय सीतादेवी दंगाल पाठेघरको समस्या लिएर उपचार गराउन जाँदा झाडापखाला ग्यास्ट्रिकको औषधि दिइएको उनका छोरा निरोज दंगालले जानकारी गराएका छन् ।

गतल औषधि सिफारिस गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसले स्वास्थ्यमा हानी पुर्‍याए कसले जिम्मेवारी लिने भन्दै प्रश्न गरेका छन् । यसबारेमा बुझ्न खोज्दा शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले गल्तीले त्यस्तो औषधि परेको हुनसक्ने बताएकी छन् ।

balak

उनले भनिन्, ‘सुष्मा कोइराला अस्पतालबाट हाडजोर्नी सम्बन्धी दुई–तीन जना डाक्टर जानुभएको थियो । पेट दुख्यो भनेको भएर डायरियाको औषधि दिएको हुनसक्छ ।’ नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा डेढ सय भन्दा बढी ब्यक्ति सहभागी भएको उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र शंखरापुर नगरपालिकाले वडा नंं १ मा घुम्ती शिविर गरेको नगरपालिकाकी सूचना अधिकारी भावना पुडासैनीले जानकारी दिएकी छन् । स्वास्थ्य शिविरका लागि नगरपालिका र सुष्मा कोइराला मेमोरियल अस्पतालले सहकार्य गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७