खुल्यो विदेशी लगानी भित्र्याउने बाटो, लगानी सम्मेलन लक्षित विधेयक स्वीकृत


५ चैत्र २०७५, मंगलवार
samsad bhawan संसद भवन

काठमाडौं, ५ चैत । यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन लक्षित विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।

samsad bhawan संसद भवन

राष्ट्रिय सभाको आज (मंगलबार) को दोस्रो बैठकमा सैद्धान्तिक छलफल गरी सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयक स्वीकृत भएसँगै संशोधन दर्ता गर्न बाटो खुल्ला भएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले ऐन बनाएर मात्र विदेशी लगानी भित्र्याउन सकिने भन्दै त्यसका लागि वातावरण बनाउनुपर्ने बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले लगानीको वातावरण बनाई लगानी कर्ताको पुँजी सुरक्षित गर्न विधेयक ल्याएको बताए । औद्योगिक व्यवसाय ऐन, लगानी बोर्ड ऐन जस्ता ऐनले पनि नेपालमा लगानी सुरक्षित हुने मन्त्री खतिवडाले बताए ।

प्रतिनिधि सभाले पारित गरेर पठाएको सो विधेयक आजै बसेको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले टेबल गरेका थिए । लगानी सम्मेलनको समय आइसकेको र समय कम भएकाले आजै दुई वटा बैठक बसेर सैद्धान्तिक छलफल सकिएको हो ।

आजको पहिलो बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक र प्रतिनिधि सभाबाट आएको भूउपयोग विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७