पूर्वाञ्चल विश्वविद्यालयका सह-रजिष्ट्रार झाको सर्टिफिकेट ‘नक्कली’


५ चैत्र २०७५, मंगलवार
Rajesh kuamr jha academics certificates

काठमाडौं, ५ चैत : पूूर्वाञ्चल विश्वविद्यालयका सह–रजिष्टार राजेशकुमार झाको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको छ । झाले विश्वविद्यालयको नियमावली र कानुुन विपरित शैक्षिक प्रमाणपत्र पेश गरेर १९ वर्षदेखि पूूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत भएको भेटिएको हो ।

झा पूर्वाञ्चल विश्वविद्यालयमा २०५८ सालमा आइटी कन्सलट्यान्टका रुपमा नियुक्त भई भएका थिए । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्देशनमा उनको नियुत्ती भएको थियो ।

उनले विश्वविद्यालयमा प्रवेश गर्दा इन्जिनियरिङमा बि.ई गरेको प्रमाणपत्र पेश गरेका छन् । नेपाल वा बाहिर जहाँ अध्ययन गरे पनि इन्जिनियरिङ अध्ययनपछि नेपालमा काम गर्न नेपाल इन्जिनियरिङ परिषद्बाट लाइसेन्स लिनुपर्छ ।

Rajesh kuamr jha academics certificates

तर, झाले आजसम्म इन्जिनियरिङ परिषद्बाट लाइसेन्स लिएका छैनन् । झाले इन्जिनियरिङ परिषद्बाट मान्यता नलिएको स्वीकार गरे । उनले नयाँ पेजसँग भने, ‘आइटी कन्सलट्यान्टका रुपमा काम सुरु गरेको कारण त्यो अनिवार्य नभएको कारण मैले नलिएको हुँ ।’ तर, आइटी कन्सलट्यान्टकाकै रुपमा काम गर्न पनि नेपाल इन्जिनियरिङ परिषद्बाट लाइसेन्स लिनुपर्ने नियम छ । तर, आइटीकै जिम्मेवारीमा नियुक्त भएका झालाई नेपाल इन्जिनियरिङ परिषद्ले चिन्दैन ।

झा त्यही प्रमाणपत्रका आधारमा २०६१ सालमा विज्ञान तथा प्रविधि संकायको सह डीन पदमा नियुक्त भए । २०६१ सम्मदेखि २०७१ सम्म चार पटक नियुक्ती थपेर विज्ञान तथा प्रविधि संकायको सह डीन भए । २०७१ चैत ९ गतेबाट ४ वर्षका लागि समन्वय महाशाखा प्रमुख भए ।

प्रमाणपत्र माथि ‘नक्कली’

Rajesh kumar jha academics certificates 8
झाको शैक्षिक प्रमाणपत्र जहाँ प्रमाणिकरण बालि संरक्षण अधिकृतले गरेका छन्


झाको शैक्षिक प्रमाणपत्रमा भारतको नागपुर विश्वविद्यालय, नागपुरमा अध्ययन गरेको उल्लेख छ । झाको प्रमाणपत्रमा एक जना संरक्षण अधिकृतले प्रमाणिकरण गरेका छन् । झाको प्रमाणपत्र नै नक्कली भएको भन्दै छानविनको माग हुदै आएको छ । झा सुरुदेखि नै विवादास्पद हुन् । उनले १९ वर्षअघि पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै त्यो बेला नै आवज उठेको थियो । पछिल्दो समयमा पनि प्राध्याक र स्थानीयहरुले शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानविनका लागि माग गरेका छन् ।

झाको प्रमाणपत्रको बिषयमा अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी समेत परेको थियो । तर, घुस काण्डमा मुछिएर राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको कारण उनको छानविन हुन सकेन ।

पाठकका भाई डा.सुभनारायण पाठक विज्ञान तथा प्रविधि संकायका डिन हुन् । भाई सुभनारायण पाठक मार्फत शक्ति लगाएर झाले छानविन समेत रोकेका थिए । सुभनारायण पाठक झाका आर्थिक साझेदार समेत हुन् ।

Rajesh kumar jha academics certificates 3
Rajesh kumar jha academics certificates 2
झाको शैक्षिक प्रमाणपत्र जहाँ प्रमाणिकरण बालि संरक्षण अधिकृतले गरेका छन्

सुभनारायणका दाई राजनारायण पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको भिडियो सार्वजनिक भएपछि राजिनामा दिएका छन् । यो प्रकरणमा डिन डा. पाठक पनि मुछिएका छन् ।

Rajesh kumar jha academics certificates 5
छानविनको क्रममा रहेको शैक्षिक प्रमाणपत्र
Rajesh kumar jha academics certificates 7
Rajesh kumar jha academics certificates 1

व्यक्तिको स्वार्थमा विश्वविद्यालय नै संकटमा
पूर्वाञ्चल विश्वविद्यालयमा गत २७ पुस २०७५ देखि तालाबन्दी छ । झाकै कारण यो समस्या भएको हो । झा २०७५ चैत २७ गतेदेखि उनको समय सकिदै थियो । तर, त्यो अगाबै विश्वविद्यालयको कार्यकारी परिषदको बैठक २७ कार्तिक २०७५ मा बसेर झालाई सह–रजिष्ट्रारमा नियुक्त गरेको छ । सह–रजिष्ट्रार पद पनि उनकै दबाब र सेटिङमा सृजना गरिएको हो । तर, उनको नियुत्ती नियमावली विपरित भएको प्राध्याकहरुको भनाई छ ।

परिषदमा ५ जना रहने व्यवस्था भए पनि अहिले २ जना (उपकुलपति र रजिष्ट्रार) मात्रै छन् । २ जनाको अपूर्ण परिषदले विश्वविद्यालयको नियमावलीको विपरित नियुक्ति गरेको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् ।

यही कारण पूर्वाञ्चल विश्वविद्यालयमा गत एक महिना अघिदेखि प्राध्यापकहरु आन्दोलित छन् । विश्वविद्यालयमा ताला लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७