प्रचण्डलाई अमेरिकाद्वारा ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी


५ चैत्र २०७५, मंगलवार
Prachand and sita dahaha

काठमाडौं, ५ चैत । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ ।

अमेरिकी दुतावास स्रोतका अनुसार अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर प्रचण्डका लागि जारी गरेको हाे ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वहरुका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डीबेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनै पनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए ।

लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगायत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका थिए । भने अमेरिका पुगेका प्रचण्डलाई अमेरिकामा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् ।

याे पनि पढ्नुहाेस्
प्रचण्ड अमेरिका पुगेको बेला डा.केसी द्धन्द्धकालिन मुद्दा बोकेर राष्ट्रसंघमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७