आईपीएल २०१९ : लिग चरणको खेलतालिका सार्वजनिक


६ चैत्र २०७५, बुधबार
sandeep ipl 20180518184902

एजेन्सी,चैत ६ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले मंगलबार इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करण अन्तर्गत लिग चरणको पूरा खेलतालिका सार्वजनिक गरेको छ ।

sandeep ipl 20180518184902

सार्वजनिक खेलतालिकाअनुसार आईपीएलको पहिलो खेल मार्च २४ चेन्नइर्एका एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ । त्यस्तै समूह चरणको अन्तिम खेल भने मे ५ मा मुम्बईमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ ।

ipl2 fjJ0OA7DoA

आउँदो लोकसभा चुनावलाई मध्यनजर गर्दै यस पटक आईपीएलको समयमा परिवर्तन गरिएको छ । खेल भारतीय समयअनुसार बेलुका चार बजे र आठ बजेबाट सुरु हुनेछ ।

ipl1 WVuUiueAXd

प्लेअफको खेलतालिका भने पछि सार्वजनिक गरिने छ । यस पटक आईपीएलको फाइनल चेन्नईमा हुने बीसीसीआईले जनाएको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात मार्च २४ तारिखका दिन साँझ ८ बजे मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७