साफ च्याम्पियनसिपमा उपाधिका लागि नेपाल र भारत भिड्ने


६ चैत्र २०७५, बुधबार
women football

काठमाडौं, चैत ६ । श्रीलंकालाई ४-० को फराकिलो अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। जितसगैँ पाँचौ साफ महिला च्याम्पियनिसपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

women football

बुधबार भएका सेमिफाइनलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् ।

मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा घरेलु टोलीलाई जिताउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा भुसालले समान १-१ गोल गरे।पहिलो हाफसम्म १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै उपाधि यात्रा तय गरेको हो।

पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। निरू थापाले दिएको एक्रोब्याटिक पासमा सावित्रा भण्डारीको हेडरले पोस्टको दिशा लिन नसक्दा कसैको निगरानीमा नरहेकी पुनमले सुन्दर गोल गरेकी हुन् ।

nepal women football team

खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन्। विपक्षी गोलकपिरबाट रिबाउन्ड बलमा अनिताले गोल गर्दै नेपालको अग्रता २-० मा पुर्‍याइन्।

खेलको ८२ औं मिनेटमा सावित्रा भण्डारीले अनिताको क्रस पासमा तेस्रो गोल गरिन्। उनी जारी प्रतियोगितामा तीन गोल गर्ने पहिलो खेलाडीसमेत बनिन्। खेल सकिन ४ मिनेट बाँकी हुँदा रेखा पौडेलले टोलीका लागि चौथो गोल गरिन्।

अनिताले दिएको पासमा रेखाले गोल गरेकी थिइन्। यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप(विजेता बंगलादेश आमनेसामने भएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो ।
भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७