सिभिल बैंकको तुलसीपुरमा लकर सेवा सुरू


६ चैत्र २०७५, बुधबार
1553070301IMG 0880

काठमाडौं , चैत ६ । सिभिल बैंक लिमिटेडले दाङस्थित आफ्नो तुलसीपुर शाखामा लकर सेवा सुरू गरेको छ।

1553070301IMG 0880

बुधबार औपचारिक कार्यक्रम आयोजना गरी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउतले सेवाको उद्घाटन गरेका हुन्।

सेवाग्राहीको माग बमोजिम लकर सेवा सुरू गरिएको शाखाका अपरेसन इञ्चार्ज यज्ञराज विनाडीले जानकारी दिए।

कूल ७५ वटा लकर राखेकोमा ६६ वटा सानो खालको, ६ वटा मध्यम र ३ वटा ठूलो साइजको रहेको उनले बताए। त्यसमध्ये सानो आकारको लकर प्रयोगकर्ताले वार्षिक १ हजार ५ सय, मध्यम खालको प्रयोगकर्ताले ३ हजार ५ सय र सबभन्दा ठूलो खालको लकर प्रयोगकर्ताले ५ हजार वार्षिक लाग्ने जानकारी दिइएको छ।

शाखा प्रबन्धक प्रनिल पछाईंले महिलाको लागि भने सबै लकरहरूमा ५० प्रतिशत छुटको सुविधा दिइएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७