भारतविरुद्ध खेल्ने श्रीलंकाको क्याप्टेनसहित ९ खेलाडीलाई एयपोर्टबाटै फर्काइयो


२० मंसिर २०७४, बुधबार
angelo mattyes

एजेन्सी: यही डिसेम्बर १० बाट सुरु हुन लागेको भारत–श्रीलंका वन डे रिसिजका लागि भारत आउन लागेका श्रीलंकाली कप्तानसहित ९ खेलाडीलाई एयरपोर्टबाटै फर्काइएपछि सिरिज नै धरापमा परेको छ ।angelo mattyes

भारत आउनका लागि सबै खेलाडी कोलम्बो एयरपोर्ट पुगिसकेका थिए । त्यही बेला उनीहरुलाई फिर्ता पठाइएको हो । भारत–श्रीलंकाको पहिलो वन–डे भारतको धर्मशालाको खेल्ने आइसिसिले तोकेको छ ।

खेल मन्त्रालयबाट अनुमति नपाएका कारण यस्तो गरिएको बताइएको छ । वनडे सिरिजका लागि श्रीलंकाली कप्तान थिसारा परेरा सहित ९ खेलाडी भारत आउँदै थिए । उनीहरु मंगलबार भारत आउनुपर्ने थियो । टिमका अधिकारीका अनुसार सबैजसो खेलाडी मंगलबार बिहान एयरपोर्ट पुगिसकेका थिए । स्पिनर सचित पाथिराना त प्लेनमा बसिसकेका थिए ।

श्रीलंकाको नियमअनुसार अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीले खेल मन्त्रालयबाट अनुमति लिनु अनिवार्य हुन्छ । टिमका खेलाडीको लिस्ट समयमा मन्त्रालय नपठाउँदा समस्या भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७