नेपाली डान्सर सुशान्त खत्रीको नृत्यले रोइन् कट्रिना (भिडियो)


२१ मंसिर २०७४, बिहीबार
salman khan kaitrna

एजेन्सी: सलमान खान र कट्रिना कैफ ‘टाइगर जिन्दा है’ फिल्ममा पाँच बर्षपछि सँगै देखिदैछन् । क्रिसमसको मौकामा रिलिज हुने यो फिल्मको ट्रेलर र गित दर्शकहरुले धेरै मन पराईसकेका छन् ।salman khan kaitrna

अहिले सलमान र कट्रिना दुबै आफ्नो फिल्मको प्रचार(प्रसारमा व्यस्त छन्। अब्बास जफरले निर्देशन गरेका ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा रिलिज हुँदैछ। हालै सलमान र कट्रिना रियालिटी शो ‘डान्स च्याम्पियन्स’ मा पुगेका थिए । शोको बिचमा कैट्रिना धेरै भावुक (इमोशनल) बन्न पुगिन् र रुन थालिन् । जसको कारण शुटिङ बिचमै रोक्नु पर्‍यो ।

भारतीय मिडियाहरुका अनुसार शोका प्रतिष्पर्धी सुशान्त खत्रीको प्रस्तुति देखेपछि कट्रिना यति धेरै भावुक बन्न पुगिन् कि, उनले आफ्नो आँसु रोक्न सकिनन्। सुशान्तले सलमान खान अभिनित फिल्म ‘तेरे नाम’ को गितमा डान्स गरेका थिए। सुशान्तको डान्सपछि कट्रिना रुन थालिन् र उनलाई सामान्य अवस्थामा ल्याउन १० मिनेट सम्म सुटिङ रोक्न पर्‍यो ।

शुटिङ सुचारु भएपछि सलमान स्टेजमा गए र उनले आफ्नो फिल्म ‘सुल्तान’ को गित ‘जग घुमिया’मा डान्स गरे । सलमानले कट्रिनालाई सामान्य अवस्थामा ल्याउन यो सब गरेका थिए । सलमान खानको डान्स देखेर कैट्रिना हास्न थालिन् ।

https://www.youtube.com/watch?v=yyFVt3GRujA

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७