निरन्तर टाउको दुख्छ, ख्याल गर्नुहोस् व्रेन ट्युमरको संकेत हुन सक्छ ?


२१ मंसिर २०७४, बिहीबार
Brain Tumor1

एजेन्सी: पछिल्लो समय आम नेपालीमा ब्रेन ट्युमर सामान्य जस्तै बनिरहेको छ । ब्रेन ट्युमरको बिरामी बढ्दै गएकोले यस संग सम्बन्धित चिकित्सक र अस्पतालहरुले पनि ब्रेन ट्युमरको बारेमा सचेत हुनु पर्ने सुझाव दिन थालेका छन् ।Brain Tumor1

भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रेन ट्युमरको लक्षणको पहिचान गरि समय मै रोग पहिचान गरेर उपचार गरे निको हुने भएकाले सचेत रहन तर्फ औल्याएको छ ।

टाउको दुखिरहने आँखाको दृष्टिमा परिवर्तन हुने नाकले गन्ध थाहा नपाउने बान्ता हुने जस्ता लक्षण छन् भने एक पटक चिकित्सककोमा जानु उचित हुन्छ । किनकी यस्ता लक्षण ब्रेन ट्युमरको लक्षण पनि भएकाले यस प्रति सचेत हुन् इन्द्रप्रस्थ एपोलो अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरो सर्जन डा प्रणभ कुमारको सुझाव छ ।

टाउको दुख्नुको कारणबाट ट्युमर हुन्छ भन्ने छैन तर धेरै जसो मानसिक तनाब माइग्रेंन अथवा उच्च रक्तचापको सटिक उपचार नभएकोले टाउको दुख्ने गर्दछ । ४ ५ दिनभन्दा धेरै दिन सम्म टाउको दुखे अर्थात पेन किल्लर खाए पनि यो दुखाइ कम्ति नभए साथै प्राय बान्ता भए अथवा दृष्टि शक्ति क्षिण भए तथा शरीरको कुनै अंग दुर्बल हुँदै गएको अनुभब भयो भने बेवास्ता गर्नु नहुने चिकित्सक हरुले बताएका छन् ।

नेपाल बाट ब्रेन ट्युमर भएर उपचारको क्रममा इन्द्रप्रस्थ एपोलो अस्पतालमा पुगेका ९ बर्षीय बालक आयुष शाहको अध्ययानलाइ सार्बजनिक गर्दै आयुषको ब्रेनमा ट्युमर ट्युब सिनेरियु मन्डरिङ देखि पिट्युटेरि स्टलकामा बढ्दै गएको भेटाइए पछी ब्रेन ड्यामेजका साथै दृश्यशक्ति क्षिण भैसकेको अवस्थामा पनि अप्रेसन पश्चात बालको दृष्टि शक्ति आउनुको साथै बालक अहिले स्वास्थ भएका छन् । पछिल्लो समय बालबालिकामा पनि ब्रेन ट्युमर बढ्दो छ विद्युतीय सामानहरु लगायत मोबाइल प्रयोगकर्ता बालबालिकाहरूलाई ब्रेन ट्युमर हुने पाँचगुणा बढी सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।

स्विडिस अध्ययनका अनुसार १६ वर्षभन्दा कम उमेरका मोबाइल प्रयोगकर्ता बालिबालिका विकिरणको जोखिममा रहेका हुन्छन् किनभने उनीहरूको मस्तिष्क र स्नायु प्रणाली पूर्णविकसित भइसकेको हुँदैन । मोबाइलको विकिरण उनीहरूको टाउकोभित्र छिर्ने धेरै सम्भावना भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७