विप्लवका उपत्यका प्रमुख ४ वटा बमसहित पक्राउ


२१ मंसिर २०७४, बिहीबार

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका प्रमुख रवि गोले पक्राउ परेका छन् ।
गोलेलाई ललितपुरको बाँडेगाउँबाट प्रहरीले पक्राउ गरेको हो । राजधानीका विभिन्न ठाउँबाट उनका ६ जना सहयोगीसमेत पक्राउ परेका छन् । तीमध्ये दुई जना जिल्ला कमिटी सदस्य छन् ।

biplap netra bikram chand

उपत्यकामा चुनावलक्षित विस्फोट गोलेकै नेतृत्वमा भएको अनुमान प्रहरीको छ । उनको बसुन्धरास्थित डेरामा छापा मार्दा ४ वटा तयारी अवस्थाका बम भेटिएपछि नेपाली सेनाले बुधवार साँझ घरमै गएर डिस्पोज गरेको थियो । प्रहरीले गोलेको साथबाट चाइनिज पिस्तोल र ८ राउण्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७